व्यवसायीका माग सम्बोधन गर्न उपराष्ट्रपतिले गराए सरकारका ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्योगी व्यवसायीको मागलाई सम्बोधन गर्नको लागि सरकारका ध्यानाकर्षण गराएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीका अहिलेका समस्या र मागलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले पछिल्लो समय उद्योगी व्यवसायीका धेरै समस्या रहेकाले व्यवसायीको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । उपराष्ट्रपति पुनले उद्योगका लागि चाहिने दक्ष जनशक्ति उत्पादनका लागि तालिम केन्द्र, ७५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापनाको नीति कार्यान्वयन गर्नुपर्ने र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमा नै स्वरोजगार बढाउन विशेष नीति लिन सरकारको ध्यानाकर्षण गरे ।

त्यस्तै, उपराष्ट्रपति पुनले निजी क्षेत्रले वैदेशिक लगानी भित्र्याउनका लागि निर्यात व्यापार प्रवर्द्धनमा योगदान पुर्‍याउनु पर्ने बताए । उनले मुलुकको अर्थतन्त्रमा आएको चुनौतीका कारण उद्योगी व्यवसायीहरूले विदेशमा नभएर स्वदेशमा नै लगानी बढाउनु पर्ने आवश्यकता रहेको बताए ।

उपराष्ट्रपति पुनले पछिल्लो समय मुलुकको व्यापार घाटा बढ्दै जानु चिन्ताको विषय बनेको बताए । उनले विगतमा नेपालले विदेशमा औधोगिक वस्तु निर्यात गर्ने भए पनि अहिले वस्तु उत्पादन गर्ने उद्योगहरू रुँग्न बन्न पुगेको भन्दै चिन्ता व्यक्त गरे । दैनिक उपभोग्य वस्तुदेखि ठूला निर्माण सामग्रीसमेत आयात गरिरहेका भन्दै उपराष्ट्रपति पुनले यस्तो अवस्था जारी रहँदा अर्थतन्त्र सरकारात्मक बन्न नसक्ने बताए ।

उपराष्ट्रपति पुनले पछिल्लो समय उद्योगी व्यवसायीले समेत उत्पादित वस्तु बिक्री वितरणभन्दा पनि विदेशी बस्तु आयातमा जोड दिएको बताए । उनले यस्तो प्रवृत्तिमा सुधार ल्याउँदै सबै प्रकारको वस्तु देशभित्र नै उत्पादन गर्ने र स्वदेशी उत्पादनको उपभोग गर्ने सोचको विकास गर्न जरुरी रहेको बताए ।



उपराष्ट्रपति पुनले हामी उद्योगी व्यवसायी र सबै नागरिक जिम्मेवारी भएर स्वदेशमा उत्पादित वस्तुको प्रवर्द्धनमा जोड दिन जरुरी रहेको बताए ।



  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार १७:१२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया