एएफसी कप छनाेट : पहिलाे हाफमा मछिन्द्र २-० ले पछाडि

एएफसी कप छनोट-२०२२ अन्तर्गत पहिलाे चरणकाे खेलमा नेपाली टाेली मछिन्द्र फुटबल क्लब २-० ले पछि परेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा श्रीलंकन क्लब ब्लु स्टारविरुद्ध जारी खेलकाे पहिलाे हाफ सकिँदा घरेलु टाेली २-० ले पछि परेकाे हाे ।

खेलकाे २४ औं मिनेटमा माेहम्मद इशानले गाेल गर्दै ब्लु स्टारलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा सेनल सन्देशले पाहुना टाेलीकाे अग्रता दाेब्बर बनाए ।

त्यसअघि १५ औं मिनेटमा पाएकाे पेनाल्टी अवसरलाई अर्पाडे ओमबेबेले सदुपयाेग गर्न नसक्दा ब्लुस्टारले अग्रता लिन सकेकाे थिएन ।

देवेन्द्र तामाङले पेनाल्टी बक्समा सेनल सन्देशलाई फउल गरेपछि रेफ्री युसुफ साइद हसनले श्रीलंकालाई पेनाल्टी प्रदान गरेको थिए । 

अर्पाडेकाे पेनाल्टी प्रहारलाई मछिन्द्रका गाेलरक्षक विशाल श्रेष्ठले बचाए ।





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार १७:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया