काठमाडौं उपत्यका सडकमार्फत समुद्रसम्म जोडियो : अर्थमन्त्री शर्मा
फाइल तस्वीर

अर्थमन्त्री जनार्दन शर्माले आजदेखि काठमाडौं उपत्यका सडकमार्फत समुद्रसम्म जोडिएको बताएका छन् ।

मंगलबार काठमाडौंको चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरू सडकमार्फत बन्दरगाह आउने आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको बताएका हुन् । 

उनले अब समुद्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँने बताए । मन्त्री शर्माले सुख्खा बन्दरगाह सञ्चालनमा आएसँगै व्यापार/व्यवसायको प्रवर्द्धनमा सहयोग पुग्ने बताए । 

चोभार सुख्खा बन्दरगाह आयातको केन्द्रका रूपमा नभइ निर्यातको केन्द्रका रूपमा विकास हुनुपर्ने भन्दै अर्थमन्त्री शर्माले बन्दरगाहबाट नेपालमा उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने बाटो खुल्ला भएको बताए । 

उनले यतिबेला नेपालको अर्थतन्त्रलाई कोभिड महामारी र रुस युक्रेन युद्धले असर गरेकाले चुनौती थपिएको बताए । रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र रेमिट्यान्स खुम्चिए पनि फागुन मसान्तमा रेमिट्यान्समा केही सुधार भएको दाबी गरे ।





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार १८:५४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया