आजको मौसम : तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । आज बिहान प्रदेश–१ र बागमतीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो प्रदेश–१ को पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकीका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति प्रदेश–१, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । बिहीबार प्रदेश–१ को पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार ६:५८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया