फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १६० रुपैयाँ पुग्याे

नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँको दरले बढाएको हो । 

अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत वृद्धि गरेको छ । यसअघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रतिसिलिण्डर १६ सय रुपैयाँ पुगेको छ । 





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार ७:४२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया