अमेरिकाले युक्रेनलाई १० कराेड डलर सहयाेग गर्ने

अमेरिकाले युक्रेनलाई १० कराेड अमेरिकी डलर सहयाेग गर्ने भएकाे छ । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस्ताे घाेषणा गरेका हुन् ।

एक बयानमा ब्लिन्केनले भने, ‘युक्रेनकाे अतिरिक्त सुरक्षा प्रणालीकाे तत्काल आवश्यकतालाई देखी अमेरिकाले १० कराेड डलर सुरक्षा सहयाेग गर्न गइरहेकाे छ ।’

यता, चेक गणतन्त्रले भने युक्रेनलाई युद्ध हतियार पठाइसकेको छ।  

यससँगै चेक गणतन्त्र रुससँग युद्ध लडिरहेको युक्रेनलाई हतियार सहायता पठाउने पहिलो युरोपेली देश बनेको छ।

वरिष्ठ चेक अधिकारीहरूका अनुसार पाँचवटा ट्याङ्क र पाँच लडाकु गाडी पठाइएकाे हाे ।





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार ८:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया