प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको हमलामा मृत्यु भएको छ ।
राष्ट्रसंघीय शान्ति सेनामा खटिएका सैनिकको मृत्यु भएको हो ।
विद्रोहीको आक्रमणमा नेपाली सैनिकको मृत्यु भएको राष्ट्रंसंघले पुष्टि गरेको छ । मृत्यु भएका सैनिकको परिचय भने खुलाइएको छ ।
राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ ।
नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदन व्यक्त गरेका छन् ।
महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।
शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।