नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा कुमार कार्की

नेपालका साना तथा मझौला उद्योगी व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासंघको अध्यक्षमा कुमार कार्की चयन भएका छन् । महासंघको मंगलबार साँझ सम्पन्न दोस्रो महाधिवेशनले कार्कीको संयोजकत्वमा ९० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा मनोजबाबु श्रेष्ठ र प्रथम उपाध्यक्षमा कमल अग्रवाललाई चयन गरिएको छ । 

यस्तै दुई महिलासहित १३ उपाध्यक्षमा क्रमशः गोविन्द कार्की, राजेन्द्रबाबु श्रेष्ठ, दीपकचन्द्र प्रधान, रामप्रसाद न्यौपाने, कुसुम महर्जन, मुमताज अन्सारी, धीरेन्द्र रिजाल, शेखरचन्द्र राई, सरोजकुमार श्रेष्ठ, गिरिराज पोखरेल, लक्ष्मी खड्का र रामप्रसाद अवाल चयन भएका छन् ।

यसैगरी महासचिवमा रत्नबहादुर घिमिरे, उपमहासचिवमा रामकुमार तिम्सिना, बदनकुमार भण्डारी र चेङा शेर्पा, कोषाध्यक्षमा गणेशकुमार न्यौपाने, सहकोषाध्यक्षमा राजेन्द्रकुमार प्रजापति, अञ्जु चाम्लिङ राई र गोरखबहादुर थापालाई चयन गरिएको छ । 

सात सचिवमा क्रमशः होमनाथ गिरी, टेकप्रसाद धिताल, नवराज भण्डारी, किशोरकुमार गौतम, तेजप्रसाद आचार्य, हिमलाल खरेल र नवीन लुइँटेल, सात सहसचिवमा क्रमशः मोहनकुमार माका, सूर्यबहादुर रायमाझी, शिवहरि प्याकुरेल, टेकबहादुर श्रेष्ठ, श्रीनारायणप्रसाद न्यौपाने, कृष्णप्रसाद दुवाल र डासुराम घिमिरेलाई चयन गरिएको छ ।

२०७३ मा स्थापना भएको महासंघमा देशभरका २२ संघ आवद्ध छन् । हाल महासंघमा देशभरका १० हजारभन्दा बढी सदस्य आवद्ध रहेको नवनिर्वाचित अध्यक्ष कार्कीले जानकारी दिए । 





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १०:१२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया