पर्साको जिराभवानी गाँउपालिका-१ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार अन्दाजी ४० वर्षीय हेमन्त दास रहेका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा वीरगंजस्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो ।
मंगलबार साँझ ५ बजे उनी सवार रहेको भारतीय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।