चीनमा कोरोना संक्रममण दर निरन्तर उकालो, २४ घण्टामा थपिए २० हजार संक्रमित

चीनमा कोराेना संक्रमितको संख्या दिनहुँ बढेको छ । बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । 

यो महामारीको सुरुवातपछिकै ठूलो संख्या हो । कोभिडकै कारण सांघाइमा लकडाउन घोषणा गरिएको छ । 

सरकारले शून्य कोभिड नीति अवलम्बन गरिरहेको बताइरहेका बेला संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । 

निश्चित क्षेत्रमा लकडाउन, सामूहिक परीक्षण, यात्रामा कडाइजस्ता प्रावधानका कारण मार्चसम्म चीनमा कोभिड नियन्त्रणमा थियो । 

तर, नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या तीव्र बढिरहेको छ । 

बुधबार मात्र २० हजार ४७२ जना नयाँ संक्रमित भेटिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ । 



अधिकांशमा लक्षण देखिएको छैन् । त्यस्तै, पछिल्लो २४ घन्टामा संक्रमणबाट कसैको मृत्यु नभएको बताइएको छ । 

परीक्षणपछि पोजेटिभ देखिएका मानिसहरूका कारण सांघाइमा क्वारेन्टिन केन्द्र भरिएका छन् । संक्रमण नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरूले कडाइ गरिरहेका छन् । 



  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार ११:१४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया