झाँक्रीले गरिन् पुरातात्विक संरचनाकाे अनुगमन

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बागमती एकीकृत विकास समिति अन्तर्गत गुजेश्वरी फाँट र टेकु दोभानमा निर्माण भइरहेका पुरातात्विक संरचनाको अनुगमन गरेकी छन् ।

आज बिहान अनुगमन गर्दै उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने बताइन् । 

मन्त्री झाँक्रीले आयोजनाको काम तोकिएको समयमा सक्न पनि  निर्देशन दिइन् ।

उनले निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित रहेका परिवारहरूको व्यवस्थानबारे मन्त्रालयले सकारात्मक पहल गर्ने जनाउँदै मन्त्रालयको एकल निर्णयले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने बताइन् ।

अन्य सरोकारवाला निकायहरूसँग छलफल गरेर नयाँ ठाउँमा पुनर्स्थापना गर्न सकिनेबारे विकल्प खोज्नु पर्ने मन्त्री झाँक्रीकाे भनाइ छ ।

बागमती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको बताउँदै दोस्रो र तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको जानकारी  दिए ।





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १२:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया