च्याम्पियन्स लिग : दुई उपाधि दावेदारको भीडन्त

युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता चेल्सीले घरेलु मैदानमा स्पेनिस क्लब रियल मड्रिडको सामना गर्दैछ ।

खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार राति पौने एक बजे हुने छ । रियललाई हराएर इंग्लिस क्लब चेल्सी सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । 

रियल पनि घरेलु टोलीलाई स्तब्ध बनाउँदै सेमिफाइनल यात्रा सहज बनाउने सोचमा हुनेछ । 

गत सिजन यी दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । समग्रमा ३-१ को जित निकाल्दै फाइनल प्रवेश गरेको चेल्सीले उपाधि नै उचालेको थियो । 

घरेलु मैदानमा भएको पहिलो लेगमा २-० को जित निकालेको चेल्सीले दोस्रो लेगमा १-१ गोलको बराबरी खेलेको थियो ।

चेल्सी सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यका साथ मैदानमा उत्रिँदा रियल उक्त हारको बदला लिने प्रयासमा हुनेछ ।



हालसम्म यी दुईले पाँच खेलमा एक अर्काको सामना गर्दा चेल्सी तीन खेलमा विजयी हुँदा दुई खेल बराबरीमा सकिएकाे छ ।

दुई उपाधि दावेदारबीचको भीडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । 



त्यस्तै, अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब भिल्ला रियलको सामना गर्दै छ । 

खेल नेपाली समय अनुसार राति पौने एकमा भिल्ला रियलको घरेलु मैदान एल मड्रिगालमा हुनेछ ।  

  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १४:४०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया