सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी समितिको बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सुरु भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको सो समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

बैठकले गठबन्धन दलहरूबीच चुनावी तालमेलका विषयमा छलफल गर्ने बताइएको छ । सत्ता साझेदार दलका नेताहरूको मंगलबारको बैठकले कांग्रेस वरिष्ठ नेता पौडेलको नेतृत्वमा उक्त समिति गठन गरेको थियो । 

समितिमा गगन थापा, ज्ञानेन्द्रबहादुर कार्की, वर्षमान पुन, देवप्रसाद गुरूङ, बेदुराम भुसाल, विजय पौडेल, अशोक राई, रेणु यादव र हिमाल पुरी सदस्य छन् ।





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १५:५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया