देशको अर्थतन्त्र चुनौतीपूर्ण छ, तर श्रीलंकाको स्थितिमा पुग्ने अवस्था छैन : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको  बताएका छन् ।

बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको अवस्था भने नपुग्ने बताएका हुन् । उनले स्वदेशमा उत्पादित वस्तुको जबसम्म उपभोग गरिँदै तबसम्म रोजगारी सिर्जना र आर्थिक समृद्धि हुन नसक्ने बताए । 

उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौती पूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताए । 

‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिदैनौँ र स्वदेशी उत्पादनबाट नै  रोजगारी सिर्जना गर्ने, राजश्व संकलन गर्ने मुलुकमा पूर्वाधारहरूको विकास गर्ने र स्वदेशमा उत्पादन भएका वस्तुलाई धेरैभन्दा धेरै उपयोग गर्न सकिँदैन त्यति बेलासम्म वास्तविक रूपमा आर्थिक समृद्धि हुँदैन' उनले भने, 'श्रीलंकाको जस्तो अवस्था जस्तो हुन्छ भन्ने लाग्दैन । अर्थतन्त्र सुधार गर्ने खालका काम गर्न निजी क्षेत्रलाई आग्रह गर्दछु ।’

त्यस्तै, उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताए । उनले तरलता अभावको कारण बैंकहरूले तरलता सहज बनाउनको लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको दाबी गरे । 

उपाध्यक्ष ढकालले बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको बताए । उनले बैंकहरूमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यावसायिक गतिविधि अगाडि बढ्न नसक्ने दाबी गरे ।



‘अहिले बजारमा तरलताको समस्या रहेको छ । त्यसले गर्दा बैंकहरूले ब्याजदर बढाएका थिए । तर, यसबाट के देखिएको छ भने निक्षेपको ब्याजदर बढ्दैमा निक्षेप बढ्न सक्दैन भन्ने कुरा देखाएको छ । जबसम्म व्यवसाय गर्नको लागि व्यवसायले थाम्न सक्ने ब्याजदर हुनसक्दैन । यस्तो अवस्थामा व्यावसायिक गतिविधि अगाडि बढ्न सक्दैन’ उनले भने ।



  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १५:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया