चितवनको भरतपुरमा जारी राष्ट्रिय महिला लिगअन्तर्गत बुधबारको खेलमा विराटनगर महानगरपालिका विजयी भएको छ ।
विराटनगरले धनगढी उपमहानगरपालिकामाथि १–० को साँघुरो जित हात पारेको हो ।
खेलको ९० औं मिनेटमा विपना राईले गरेको एक मात्र गोल विराटनगरको जितमा निर्णायक बन्यो ।
योजितसँगै पाँच खेलमा १० अंक जोडेको विराटनगर दोस्रो स्थानमा उक्लिँदा पराजित धनगढी समान खेलमा ९ अंकका साथ तेस्रो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।