logo-img

सुर्खेतबाट १५ ग्राम ब्राउन सुगरसहित लागुऔषध कारोबारी पक्राउ

वीरेन्द्रनगरमा १५ ग्रामभन्दा बढी ब्राउन सुगरसहित लागुऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१३ स्थायी ठेगाना भएका २५ वर्षीय बर्णबास वोहोरा र वीरेन्द्रनगर १० निवासी २८ वर्षीय भीमा तामाङ रहेका छन् ।

वीरेन्द्रनगर–१० पदमपुरमा डेरा गरी लागुऔषध कारोबार गरिरहेको भन्ने विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो सुर्खेतबाट खटेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

डेरा गरी बसेका उनीहरूको कोठा खानतलासी गर्दा आठ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर (शुद्ध तौल), सात ग्राम १४० मिलिग्राम हिरोइन, लागुऔषध नापजाँचका लागि प्रयोग गरिएको डिजिटल तराजु दुई थान, एटिएम कार्ड, लागुऔषध प्रयोगका लागि चम्चा, दुई वटा मोबाइल प्रहरीले बरामत गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

यसका साथै उनीहरूबाट एक लाख ५६ हजार एक सय २० रुपैयाँ नगदसमेत प्रहरीले बरामद गरेको छ । लागुऔषध बरामदका विषयमा यो घटना सुर्खेतका लागि दोस्रो ठूलो घटना हो ।

पक्राउ परेका उनीहरू दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई पाँचदेखि १० वर्षसम्मको कैद सजाय हुनसक्ने प्रहरी नायव उपरीक्षक मगरले जनाए ।





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया