धनुषामा गोली र चक्कु प्रहार गरी हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

धनुषामा गोली तथा चक्कु प्रहार गरी हत्या गरेको अवस्थामा एक युवकको शव फेला परेको छ ।

जिल्लाको हंसपुर नगरपालिका वडा नम्बर–७ लोहाफोरस्थित गहुँ खेतमा सोही स्थानका करिब १८ वर्षीय विजय महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

स्थानीयले युवकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी उपरीक्षक रजौरेले शवको प्रकृति हेर्दा हत्या गरिएको जस्तो देखिएको बताए । 

उनका अनुसार महराको बायाँ आँखाको माथि निधारमा गोली प्रहार भएको जस्तो देखिएको छ भने पछाडि ढाडमा दुईपटक चक्कुले प्रहार गरेको जस्तो घाउ देखिएको छ ।

शवको मुचुल्का बनाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी रजौरेले बताए ।





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १८:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया