नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले चालु योजना छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई सुझाव दिएका छन् ।
पूर्वअर्थमन्त्रीसमेत रहेका नेता महतले विगतमा नयाँ योजनाको नाममा हल्ला हुने गरेको भन्दै चालु योजना सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्ने स्पष्ट पारेका हुन् ।
बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले ठूला योजना अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भीर विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याए । विगतमा ठूलो खर्च गरेर योजना अघि बढेको भए पनि त्यसले प्रतिफल दिन नसकेको उनको भनाइ थियो ।
‘म त के भन्छु भने–चालू योजनाहरुलाई चाँडै सम्पन्न गर्ने, विगतमा ठूल्ठूला योजनाहरू भनेर हल्ला गर्ने प्रवृत्ति देखियो । तर, त्यस्तो होइन । चालू योजनाहरू चाँडो सम्पन्न गरेर नयाँ ठूल्ठूला योजनाहरू गर्दा त्यसको प्रतिफल र खर्चको विश्लेषण गरेर मात्रै अगाडि बढाउनुपर्छ । प्रशासनिक क्षमता पनि बढाउनुपर्छ' उनले भने ।
कांग्रेस नेता महतले कर्मचारीको दरबन्दी कटौती गरेर भए पनि विकास खर्च बढाउन सरकारको ध्यानाकर्षण गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।