गुल्मीको मालिकामा मिल्यो भागबन्डा, माओवादीलाई अध्यक्ष कांग्रेसलाई उपाध्यक्ष

गुल्मीको मालिका गाउँपालिकामा सत्तारूढ पाँचदलीय गठबन्धनले उम्मेदवारी घोषणा गरेको छ। आगामी स्थानीय तहको निर्वाचनको लागि पाँचदलीय गठबन्धनले मालिका गाउँपालिकामा साझा उम्मेदवार उठाउने भएको हो । 

जसअनुसार पालिकाको अध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ भने उपाध्यक्ष कांग्रेसको भागमा परेको छ । मंगलबार गाउँपालिकाको वडा नं. ४ ठूलिचौरमा आयोजित चुनावी घोषणा सभामा गठबन्धनले माओवादी केन्द्रका देविराम अर्याललाई अध्यक्षको उम्मेदवार घोषणा गरिएको हो।

अर्याल यसअघिको निर्वाचनमा पनि माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा उठेर पराजित भएका थिए। उनी माओवादी केन्द्रका गाउँपालिका अध्यक्षसमेत हुन्।

गाउँपालिका उपाध्यक्ष भने नेपाली कांग्रेसको भागमा परेको छ। उपाध्यक्षको लागि कांग्रेसका पालिका उपसभापति दीपक भण्डारी, वडा नम्बर १ का वडाध्यक्ष इन्द्रबहादुर घर्ती, पालिका सभापति उपेन्द्र अर्याललगायत आकांक्षी छन् । 





  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार १८:५९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया