सर्लाहीको मलंगवामा गोली चल्यो, एक जना गम्भीर घाइते
फरकधार / २३ चैत, २०७८
प्रतीकात्मक तस्वीर

सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुष गम्भीर घाइते भएका छन् ।



बुधबार साँझ मलंगवा नगरपालिका-९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले पहिचान खुल्न नसकेका एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको छ ।

गोली लागेर गम्भीर घाइते भएका पुरुषको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गोली कसले र किन चलायो भन्नेबारेमा केही खुल्न सकेको छैन ।



घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । घाइते भारतीय नागरिक भएको आशंका गरिएको छ ।



  • प्रकाशित मिति : चैत २३, २०७८ बुधबार २०:१५:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
रञ्जित तामाङ
 |  १९ साउन, २०७९
मल्टिमिडिया