भिल्लारियलविरुद्ध बायर्न पराजित

युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलविरुद्ध बायर्न म्युनिख १–० गोल अन्तरले पराजित गरेको छ । 

गएराति भएको खेलमा स्पेनिस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे । 

जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो । खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोलविहिन रह्यो । 

लेवान्डोस्कीले यस सिजन क्लब र देशका लागि ५१ गोल गरिसकेका छन् ।  अब दोस्रो लेगमा बायर्नले घरेलु मैदानमा १३ अप्रिलमा भिल्लारियललाई आतिथ्य गर्नेछ ।        






  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार ७:२३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया