प्रिमियर लिगमा बर्नेलीविरुद्ध एभर्टन स्तब्ध

इंग्लिस प्रिमियर लिगमा बर्नेलीविरुद्ध एभर्टन ३–२ ले पराजित भएको छ । गएराति ट्रफ मोरमा भएको खेलमा घरेलु टोली बर्नेलीको जितमा नाथन कोलिन्सले १२ औं मिनेटमा सुरुवाती अग्रता दिलाए । 

१८ औं मिनेटमा रिचार्लीसनले पेनाल्टीमार्फत गोल गर्दा एभर्टन १–१ को अवस्थामा आयो । ४१ औं मिनेटमा रिचार्लीसनले पेनाल्टीबाटै व्यत्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई २–१ ले अघि बढाए ।

५७ औं मिनेटमा जे रोड्रिगेजले गोल गर्दै बर्नेलीलाई २–२ को बराबरीमा ल्याए । ८५ औं मिनेटमा म्याक्सवेल कर्नेटले गोल गर्दै घरेलु टोलीलाई ३–२ को रोमाञ्चक जित दिलाए ।

यो जितसँगै बर्नेली २९ खेलमा २४ अंकका साथ १८ औं स्थानमा उक्लिँदा पराजित एभर्टन समना खेलबाट २५ अंकका साथ १७ औं स्थानमा छ । 





  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार ८:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया