नेपाल टेलिकमको खुद नाफा ७ अर्ब ३३ करोड

नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित सो कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हुन् । उनले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि स्पष्ट पारे ।

अध्यक्ष अर्यालले  भने, ‘अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व र खुद नाफा ४२ अर्व २१ करोड र ७ अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको छ । कोभिड १९ को कारणले भ्वाइस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरूले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।’

टेलिकमले सेयरधनीहरूलाई २० प्रतिशत बोनस सेयर उपलब्ध पनि गराउने भएको छ । सेयरधनीहरूको मनोबललाई उच्च बनाउन बोनस सेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम संचालक समितिका अध्यक्ष अर्यालको भनाइ छ । 

अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताए । अनलाइन पेमेन्ट गर्ने सरकारको कार्यक्रम अनुसारको तयारीको कामलाई पनि फोकस गरिएको नेपाल टेलिकमले जनाएको छ ।





  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १३:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया