साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो

बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ । 

भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ को फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तास नेपाल भित्रिएको हो । 

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा मात्र नेपालले १८ करोड ६६ लाख ४३ हजार रुपैयाँको तास आयात गरेको विभागले जनाएको छ । 

सो मूल्यमा ९४ लाख २ हजार १०७ प्याकेट तास भित्रिएको छ । ती तास भित्राउँदा सरकारले ९ करोड ८२ लाख ७५ हजार रुपैयाँ राजस्व उठाएको छ । 

नेपालमा चीन, फ्रान्स, हंगेरी, भारत र अमेरिकाबाट तास आउने गरेको छ । 

पछिल्लो सात महिनामा चीनबाट १७ करोड १८ लाख ६८ हजार रुपैयाँमा ७७ लाख ७१ हजार १३४ प्याकेट तास नेपाल आएको छ।



सोही समयमा भारतबाट १ करोड ४७ लाख ७१ हजार रुपैयाँमा १६ लाख ३० हजार ९२१ प्याकेट तास नेपाल भित्रिएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास नेपालले आयात गरेको थियो । 



यस वर्ष चीनबाट मात्र २६ करोड ३२ लाख ४ हजार रुपैयाँको तास नेपालमा आएको थियो । ब्राजिल, जर्जिया, बेलायत, अष्ट्रेलियाबाट पनि यस वर्ष तास भित्रिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २३ करोड ५४ लाख ९३ हजार रुपैयाँको १ करोड ३२ लाख ६७ हजार ६२२ प्याकेट तास नेपाल भित्रिएको विभागले जनाएको छ । 

आर्थिक वर्ष २०७५/७६ मा निकै कम तास नेपाल भित्रिएको थियो । उक्त वर्ष २५ हजार रुपैयाँको तास मात्र नेपाल भित्रिएको थियो । त्यसपछिका वर्षहरुमा भने तास ठूलो मात्रामा नेपाल भित्रिँदै आएको विभागको तथ्याङ्कले देखाउँछ । 

  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १३:४६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया