कानुनमन्त्री गोविन्द वन्दी : जसले एमसिसीको ‘व्याख्यात्मक घोषणा’ ड्राफ्ट गरेका थिए

प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द वन्दीलाई कानुन, न्याय तथा संसदीय मन्त्रीमा नियुक्त गरेका छन् । गैरसांसद रहेका बन्दी अबको कम्तीमा पनि ६ महिना मन्त्री हुनेछन् । 

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट मानिने वन्दीलाई मन्त्री नियुक्त गरेसँगै पुनः एकपटक चर्चाको विषय बनेको छ ।  

वन्दीको माधव नेपालसँग पारिवारिक नातासमेत छ । नेपालका सम्धी सोमप्रसाद पाण्डे र गोविन्द वन्दी साढुदाइ-साढुभाइ हुन् ।

द्वन्द्वकालीन न्यायका राम्रा जानकार वन्दीलाई मन्त्री बनाएर शान्ति प्रक्रियालाई टुंग्याउन सत्ता गठबन्धनका नेताहरू समेत सहमत भएका हुन् । 

यसअघि नै उनी मन्त्री बन्ने चर्चा चले पनि सत्ता गठबन्धनभित्र सहमति जुट्न सकेको थिएनन् । 

वन्दी : जसले एमसिसीको ड्राफ्ट तयार गरे



गत साल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि परेको मुद्दामा रिट निवेदकको तर्फबाट वन्दीले बहस गरेका थिए । 

दैलेख स्थायी ठेगाना भएका उनलाई यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन खोजिएको थियो ।



उनले संसद विघटनको मुद्दामा अदालत बाहिर र भित्रबाट खेलेको भूमिकाबाट पनि गठबन्धनका नेताहरू प्रभावित भएका थिए । 

वन्दी मन्त्री बन्ने चाहनास्वरूप माधव नेपालसँग निरन्तर संवादमा थिए । उनले सत्तारूढ गठबन्धनका तर्फबाट एमसिसी पास गराउने काममा पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

एमसिसीबारे मत विभाजन भएपछि ‘व्याख्यात्मक घोषणा’को ड्राफ्ट बन्दी आफैंले तयार पारेका थिए । 

सत्तारूढ गठबन्धनभित्र नै एमसिसीलाई लिएर व्यापक विरोध हुन थालेपछि ‘फेस सेभिङ’ का लागि कांग्रेस महामन्त्री गगन थापा र अभिवक्ता वन्दी लगायतको सक्रियतामा व्याख्यात्मक घोषणा अघि सारिएको थियो ।

एकीकृत समाजवादीको नेतृत्वलाई ‘कन्भिन्स’ गराउन पनि वन्दीले महत्त्वपूर्ण भूमिका खेलेको थिए । 

वन्दीले १३ फागुन मा झण्डै साढे ३ घण्टा कांग्रेस र राष्ट्रिय जनमोर्चाबाहेकका गठबन्धनमा रहेका दलका नेताहरूलाई ‘व्याख्यात्मक घोषणा’ का बारेमा ‘ब्रिफिङ’ गरेका थिए ।

  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १४:२५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया