बुढीनन्दा नगरपालिकाको मेयरमा एमालेबाट बोहराको एकल उम्मेदवारी

बाजुराको बुढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेबाट जनककुमार बोहराको एकल उम्मेदवारी परेको छ । नेकपा एमाले बाजुराका उपसचिवसमेत रहेका बोहरा नगर प्रमुखमा सर्वसम्मत एकल उम्मेदवार बनेका हुन् ।

२०७४ सालको निर्वाचनमा झिनो मतले पराजित भएका बोहरा योपटक सर्वसम्मत उम्मेदवार बनेका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा नगरप्रमुखमा विजयी नेपाली कांग्रेसका पदमकुमार गिरी निर्वाचित भएका थिए ।

बुढीनन्दा नगरपालिका ७ र ८ मा पनि वडा अध्यक्षमा सर्वसम्मत उम्मेदवारी चयन गरिएको छ । वडा नं. ७ मा जनक सिंह र ८ मा केशबहादुर शाही सर्वसम्मत बनेका उम्मेदवार बनेका छन् । तर, उक्त वडाहरुलाई नेपाली कांग्रेसको पकेट क्षेत्रको रुपमा लिइन्छ ।
 
यसैबीच, नगरको उपप्रमुखमा भने एमालेबाट धेरैजनाले आकांक्षा राखेका छन् । ६ जना बढीले रुचि देखाएकोले सर्वसम्मतिका लागि प्रयास भइरहेको नेकपा एमाले बुढीनन्दा नगर इन्चार्ज राजनकुमार रोकायाले जानकारी दिए । 

बाजुरा जिल्लाभरि पालिकाको प्रमुखमा एकल उम्मेदवार बनाउने नेकपा एमाले बुढीनन्दा नगर कमिटी पहिलो पालिका बनेको छ ।





  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १८:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया