संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका कामहरू भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै कामहरू भइरहेको बताएका छन् ।
उनले आफ्नो मन्त्रालयमा थुप्रै फोहोरका डङ्गुरहरू रहेको उल्लेख गर्दै तिनलाई सफा गरेको बताए । उनले आफू राजनीतिमा सेवाको भावनाले प्रवेश गरेकाले नेपालीको शिर नझुक्ने गरी काम गर्ने बताए ।
उनले भने, 'म राजनीतिमा प्रवेश गरिसकेपछि राजनीतिलाई पेशा मैले कहिल्यै बनाइनँ । राजनीतिमा सेवाको भावले प्रवेश गरेको छु । जबसम्म म कुर्सीमा बस्छु ३ करोड नेपाली जनताको शिर ननिहुरिने गरी काम गर्छु । मलाई कुनै चिजको लोभ छैन' उनले भने ।
मन्त्री आलेले सर्वहारा र श्रमजीवी वर्गको हक हितका पक्षमा आफू सधैँ उभिने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।