सुर्खेतमा १० सदस्यीय संयन्त्र बनाउने गठबन्धनको निर्णय
फाइल तस्वीर

सत्तारूढ पाँच गठबन्धन दलले सुर्खेतमा चुनावी तालमेलका लागि १० सदस्यीय संयुक्त संयन्त्र गठन गर्ने निर्णय गरेका छन् ।

बिहीबार बसेको पाँच दलीय बैठकले सुर्खेतका नौवटै पालिका, कार्यपालिका सदस्य र जिल्ला समन्वय समितिमा समेत तालमेलमा जान प्रत्येक दलबाट दुई जना सदस्य रहनेगरी १० सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेका हुन् ।

यसका साथै जिल्लाका सबै स्थानीय पालिकामा स्थानीय संयन्त्र समितिसमेत गठन गरी स्थानीय तहका पार्टी प्रमुख रहने निर्णय गरिएको छ ।  

बिहीबार बसेको बैठकमा नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष मोहन बडुवाल, कांग्रेसबाट जिल्ला सभापति खड्गबहादुर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट जिल्ला इन्चार्ज झकबहादुर मल्ल, राष्ट्रिय जनमोर्चा नेपालबाट जिल्ला अध्यक्ष गोविन्द सुवेदी र जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि टोपबहादुर दर्लामीको उपस्थिति रहेको थियो ।

यसअघि कर्णालीका जाजरकोट र दैलेखस्थित सत्तारूढ गठबन्धन दलहरूले तालमेल गरी चुनावमा जाने निर्णय गरिसकेका छन् ।





  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १९:१९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया