बाग्मती प्रदेशका सबै छोरीलाई प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गराउने

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाग्मती प्रदेशका सबै छोरीलाई अब प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गराउने बताएका छन् ।

गैरसरकारी संस्था महासंघ बाग्मती प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका सबै छात्रालाई सामुदायिक क्याम्पसमा उच्च शिक्षा पढाइदिने बताए ।

उनले प्रदेशका ११९ वटै पालिकाले एकजनाका दरले दलित, जनजाति र पिछडिएका समुदायको छात्र वा छात्रालाई प्राविधिक शिक्षाका लागि सिफारिस गर्ने र प्रदेश सरकारले पढाउने व्यवस्था मिलाइने जनाए ।

साथै जनताको हित हुने कार्यक्रमको प्रस्ताव ल्याउनका लागि मुख्यमन्त्री पाण्डेले गैससलाई निर्देशन दिए । त्यसैगरी वाग्मती प्रदेश सांसद मुनु सिग्देलले गैरसरकारी संस्थाले विपद्मा जनताका लागि राहतको कार्य गरेर सरकारको सहयोगी र अभिन्न अंग बन्दै आएको बताइन् । 

गैरसरकारी संस्था र नागरिक समाजले सरकारलाई सुझाब दिने र खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने गरेको बताइन् ।





  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार २१:१४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया