पाकिस्तानको सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गरेको छ। नेसनल असेम्बली (संसद्का) उपसभामुख कासिम खान सूरीको निर्णय खारेज गर्दै सर्वोच्चले संसद ब्युँताइदिएको हो ।
सर्वोच्चको ५ सदस्यीय इजलासले प्रधानमन्त्री इमरान खानले राष्ट्रपति अरिफ अल्वीलाई संसद् विघटन गर्ने सल्लाह दिन नसक्ने ठहर गर्दै संसद् विघटन गर्ने राष्ट्रपतिको घोषणा गैरकानुनी भएको फैसला गरेको छ ।
अदालतले प्रधानमन्त्री खानविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गराउन पनि आदेश दिएको छ।
अप्रिल ३ मा विपक्षी दलले खानमाथि दर्ता गरेको अविश्वासको प्रस्तावमा छलफल हुन नदिई उपसभामुख सूरीले अस्वीकृत गरेका थिए ।
प्रधानमन्त्री खानको सल्लाहमापछि राष्ट्रपतिले नेसनल असेम्बली विघटन गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।