म्याचेस्टर सिटीमाथि अनुसन्धान गर्दै प्रिमियर लिग

इंग्लिस प्रिमियर लिगले म्यानचेस्टर सिटीमाथि अनुसन्धान गरिरहेको खुलासा भएको छ । जर्मन न्युज पेपर डेर स्पेगेलले सिटीमाथि प्रिमियर लिगले तीन वर्षदेखि अनुसन्धान गरिरहेको जनाएको हो ।

प्रिमियर लिगमा युवा खेलाडीमाथि अवैध भुक्तानी, प्रायोजन सम्झौता र पूर्व प्रशिक्षकहरूमाथिको लुकाइएको तलब भुक्तानीको विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।

युरोपियन इन्भेस्टिगेटिभ कोलाबोरेसन जोर्नालिजम नेटवर्कसँगको सहकार्यमा न्युज पेपरले उक्त समाचार बाहिर ल्याएको बीबीसीले जनाएको छ ।

बिबीसी स्पोर्ट्सले सम्पर्क गर्दा सिटीले यस विषयमा कुनै जवाफ नदिएको बताएको छ । यसअघि सन् २०२० मा युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफले सन् २०१२ देखि २०१६ सम्मको अवधिमा फाइनान्सियल फेयर प्लेसम्बन्धी नियमको गम्भीर उल्लङ्घन गरेको भन्दै सिटीमाथि २ वर्षको प्रतिवन्ध लगाएको थियो । 

तर, सिटीको अपिलपछि ‘कोर्ट अफ अर्बिट्रेसन फर स्पोर्ट्स’(कास)ले त्यसलाई खारेज गरेको थियो ।
 





  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार ११:०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया