पशुपति धर्मशालामा ताला लाग्ने त्रासले बतास समूहले गेटमै रोक्यो सरकारी टोलीलाई [भिडियो]

पशुपति धर्मशालामा होटल सञ्चालन गरेको बतास समूहले सरकारी टोलीलाई गेट बाहिरै रोकेको छ । आज बिहान टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोजेको थियो । तर, बतास समूहका प्रतिनिधिले टोली देख्नेबित्तिकै गेट बन्द गरे ।  

केही समय बतासका प्रतिनिधि र सरकारी टोलीबीच विवादसमेत भयो । बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए । तर, सरकारी प्रतिनिधिहरूले भने आफूहरूले आफ्नो सम्पत्ति हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरेका थिए ।

सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गर्‍यो । तर, बतास समूहले भने कोषको पत्र बुझ्न मानेन । 

त्यसपछि पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकाल्यो । गत सोमबार गोरखापत्रमा निकालिएको सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार ११:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया