राष्ट्रिय महिला बिच भलिबलको सेमिफाइनल समीकण पूरा

सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । पाल्पाको तानसेनस्थित रानीमहलमा शुक्रबार सम्पन्न क्वार्टरफाइनलबाट लुम्बिनी प्रदेश, सुदूरपश्चिम, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । 

कालीगण्डकी किनारमा भएको प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा समूह ‘ए’ को विजेता एपिएफलाई समूह ‘सी’ को उपविजेता लुम्बिनीले १७–२१, १३–२१ को सोझो सेटमा सहज जित निकाल्यो ।   

दोस्रो खेलमा समूह ‘बी’ को विजेता सुदूरपश्चिमले समूह ‘डी’ उपविजेता बागमती प्रदेशलाई २१–८, २१–७ को सोझो सेटमा हरायो । तेस्रो क्वार्टरफाइनलमा समूह ‘सी’ को विजेता पुलिसले समूह ‘ए’ को उपविजेता प्रदेश–१ माथि २१–१, २१–६ को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो ।

बिहीबारदेखि सुरु भएको प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा समूह ‘डी’ को विजेता गण्डकीले समूह ‘बी’ को उपविजेता कर्णालीलाई २१–१२, २१–२३, १५–८ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनायो । 

शुक्रबारै हुने सेमिफाइनलको पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम तथा दोस्रो खेलमा पुलिस र गण्डकीले प्रतिस्पर्धा गर्नेछन् । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सुरु भएको तीन दिने प्रतियोगितामा ९ टोली सहभागी थिए । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल शनिबार हुनेछ । 





  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार १२:२०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया