भृकुटीमण्डपमा स्वदेशी तथा विदेशी सामानको बृहत् प्रदर्शन मेला [तस्वीरहरू]

काठमाडौंको भृकुटीमण्डपमा विशेष छुटमा स्वदेशी तथा विदेशी सामानको बृहत् प्रदर्शन भइरहेको छ । 

चैत्र २३ देखि २७ गतेसम्म सञ्चालन हुने स्टक स्वदेशी तथा विदेशी सामानको बृहत् प्रदर्शनमा विशेष छुटसहित अफरको व्यवस्था रहेको छ । कोरोनाका कारण बिक्री नभएका र बाँकी रहेका पुराना सामान र नयाँ सामान मेलामा राखिएको छ । 

मेलामा नेपाल, चीन, भारत, थाइल्याण्ड, बंगलादेश र पाकिस्तानका उत्पादित वस्तु राखिएको छ । मेलामा व्यापारीले बिक्री नभएका सामान सहुलियतमा बेच्ने र ग्राहकले सहुलियत दरमा किन्न पाइने बताउँछन् मेला व्यवस्थापक अनिल श्रेष्ठ । उनले मेलामा बिक्री नभएका सामान र नयाँ उत्पादित सामान रहेको र विशेष छुटमा बिक्री भइरहेको जानकारी दिए । मेलामा न्यूनतम १० देखि ८० प्रतिशत छुटमा सामानको बिक्री भइरहेको पनि उनले बताए ।

‘यसमा नयाँ उत्पादन पनि हुन्छ र धेरैजसो स्टकका सामान हुन्छन् । यो सामानलाई व्यापारीले बेच्ने र ग्राहकले सस्तोमा लिने मेला हो । मेलामा हरेक सामानको हेरेर १० देखि ८० प्रतिशतसम्म छुट पाइन्छ । यसमा विभिन्न देश थाइल्याण्ड, चीन, भारत, पाकिस्तान, नेपाली उत्पादन रहेका छन्’ उनले भने ।

त्यस्तै, मेलामा रहेका व्यापारी अनिशा लिम्बूले ग्राहकलाई विशेष छुट दिएर कोरोनाकालमा बिक्री हुन नसकेका सामान बेचिरहेको र मेलामा आउनेको संख्या उल्लेख्य रहेको बताइन् । उनले मेलामा चीन र भारत, नेपालका गमला मेलामा राखिन् ।

त्यस्तै, अर्की व्यापारी रजनी महर्जन कोरानाका कारण दुई वर्षदेखि व्यापार बन्द भए पनि अब बिस्तारै बजार सञ्चालन भएकोमा खुशी लागेको बताइन् । उनले मेलाले व्यापारी र ग्राहकको सम्बन्धलाई जोड्ने काम गरेको बताउँदै आफ्नो स्टलमा रहेका सामानहरु ५० प्रतिशत छुटमा दिएको बताइन् ।



त्यस्तै, व्यापारी राममाया गुरुङले अहिले मेलामा भीर महको व्यापार गरिरहेकी छन् । उनले भीर मह म्याग्दीबाट आफैँले बनाउने गरेको र अर्ग्यानिक भएको बताइन् । उनले भने, ‘भीर मह हाम्रो म्याग्दीबाट जम्मा गरेर बेच्ने गरेका छौँ । पोखरामा पनि बेच्ने गरेका छौँ ।’

चैत्र २३ गतेबाट शुरु भएको मेला २७ गतेसम्म सञ्चालन हुनेछ । मेलामा पुराना सामग्रीहरु सस्तो र सुलभ दरमा विशेष छुटसहति ग्राहकलाई बिक्री गरिएको आयोजकले जनाएको छ । 



 

  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार १३:४४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया