युक्रेन-रुस युद्ध : बेलायतको प्रतिबन्धको निसानामा पुटिनका छोरी

बेलायत सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दुई छोरीमाथि प्रतिबन्धको घोषणा गरेको छ । युक्रेनमाथिको रुसी आक्रमणमा उनीहरू पनि जिम्मेवार रहेको ठहर गर्दै बेलायत सरकारले उनीहरूमाथि प्रतिबन्धको घोषणा गरेको हो ।

बेलायतको विदेश कार्यालयले पुटिनकी छोरी ३५ वर्षीया कटेरिना भ्लादिमिरोभना टिखोनोभा र ३६ वर्षीया मारिया भ्लादिमिरोभना भोरोन्टोभामाथि प्रतिबन्ध लगाएको हो । सरकारले उनीहरूलाई यात्रा प्रतिबन्ध र सम्पत्ति रोक्का गरेको जनाएको छ ।

विदेश सचिव लिज ट्रसले यो कदमले पुटिनको शासनबाट फाइदा लिनेहरूले 'परिणाम भोग्नुपर्नेछ' भन्ने सुनिश्चित गरेको बिबिसीले उल्लेख गरेको छ ।

त्यस्तै बेलायतले रुसी विदेशमन्त्री सर्गेइ लाभरोभकी छोरी ३९ वर्षीया येकातेरिना सर्गेइभना विनोकुरोभामाथि पनि प्रतिबन्ध लगाइएको छ ।





  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार १७:२६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया