जनकपुरधामका व्यापारीले शान्ति सुरक्षाको माग गर्दै स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् ।
जिल्लाभरी चोरी, आगजनी तथा आपराधिक घटना निरन्तर रूपमा घटिरहेकोले आवश्यक शान्ति सुरक्षा मिलाइदिन उनीहरुले ज्ञापनपत्र मार्फत धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसँग आग्रह गरेका हुन् ।
चोरी, आगजनी तथा अपराधिक घटनाले यहाँका स्थानिय उद्योगी, व्यवसायी तथा आम नागरिकहरूमा भय र त्रासको वातावरण महसुस भएकोले अविलम्ब आवश्यक शान्ति सुरक्षाको व्यवस्था अझै बढी सुदृढ गराइदिन माग गरिएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा ज्ञापन पत्र बुझाउन पुगेको टोलीले उद्योगी व्यवसायीहरूको व्यवसायीक प्रतिष्ठानहरूमा घटेको घटनाहरूलाई सुक्ष्म रूपमा अनुसन्धान गर्न/गराई दिनसमेत माग गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।