गभर्नर महाप्रसाद अधिकारी निलम्बित
फाइल तस्वीर

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्‍ बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति पनि गठन गरेको छ । शुक्रबार अधिकारीले सरकारले आफूमाथि गरेको निर्णयसम्बन्धी पत्र बुझिसकेका स्रोतको भनाइ छ ।

उनमाथि सूचना चुहाएकोलगायतका लागेका आरोप लागेपछि अध्ययन गर्न गृह र अर्थमन्त्रीसहितको अनौपचारिक समिति बनाएको हो ।

अधिकारी निलम्बित भएपछि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिइएको छ । 





  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार २०:२३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया