प्रधानमन्त्री खानकाे चेतावनी: आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता दिन्नँ

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन् । 

प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको हो । 

प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् । यसअघि शुक्रबार सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले गरेको संसद विघटनलाई बदर गरिदिएको थियो । 

सर्वोच्चले संसद पुनर्स्थापना गर्दै संसदमा प्रधानमन्त्रीविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा मतदान प्रक्रिया अगाडि बढाउनसमेत आदेश दिएको थियो ।





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार ७:३७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया