अमेरिकामा भएको बन्दुक हमलामा परी एक जनाको मृत्यु भएको छ।
अमेरिकाको न्युयोर्कमा भएको सो गोलीकान्डमा अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको न्यूयोर्कका प्रहरी प्रमुख किचान्त सेवेलले जानकारी दिए ।
अमेरिकामा बारम्बार बन्दुक आक्रमण हुने गरेका छन् । एक साताअघि भएको बन्दुक आक्रमणमा ६ जनाको मृत्यु भएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।