प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा उत्तर प्रदेशको सानदार जित

नेपाल प्रो क्लब च्याम्पिनसिप क्रिकेट प्रतियोगितामा उत्तर प्रदेश-११ ले विजयी सुरुवात गरेको छ । 

उत्तर प्रदेशले समूह ‘बी’ अन्तर्गत आज सम्पन्न पहिलो खेलमा खेलमा ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीमाथि आठ विकेटको सानदार जित हात जित हात पारेको हो ।

७८ रनको लक्ष्य उत्तर प्रदेशले ११.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍याे । उसका लागि विवेक सिंहले अविजित ३३ रनको योगदान दिए । 

३३ बलको सामना गरेको विवेकले पाँच चौका प्रहार गरे । शुभम चौधरी १७ रनमा अविजित रहँदा राज यादवले १५ रन जोडे । 

ट्यालेन्ट हन्टका लागि राज बम र मोहम्मद मोशर्रफले एक-एक विकेट हात पारे । 

यसअघि भैरहवाको सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ट्यालेन्ट हन्टले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो।



ट्यानेन्ट हन्टका लागि एमडी उमरले सर्वाधिक २० रनको योगदान दिए । ३० बलको सामना गरेका उनले दुई चौका प्रहार गरे ।

आशिष रत्नमले १६ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 



उत्तर प्रदेशका लागि प्रिन्स शाहीले चार, तेजस सिंहले तीन तथा सहिम हसन र दिव्य सिंहले एक-एक विकेट हात पार्दा एक विकेट रन आउटका रुपमा प्राप्त भयो ।

जितसँगै उत्तर प्रदेशले २ अंक जोड्दा ट्यालेन्ट हन्टले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।  

समूह ‘बी’ अन्तर्गत आजै हुने दोस्रो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन् । 

  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १३:१५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया