माधव नेपालको टिप्पणी : ३० वैशाखको निर्वाचनले जनप्रतिनिधिको संवैधानिक अधिकार हनन
फाइल फाेटाे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० वैशाखमा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा विजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन भएको बताएका छन् ।

नेकपा समाजवादी निकट दोलखा-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ३० वैशाखमा स्थानीय तह निर्वाचन हुनेमा आशंकासमेत व्यक्त गरे । 

‘३० वैशाखमा चुनाव हुने भनेर निर्वाचन आयोगले हिजो आचारसंहिताको कुरा पनि अगाडि सारेको छ- समस्या त छ’, नेपालले अगाडि भने, ‘५ जेठमा पहिलो चुनाव भएको थियो, १५ असारमा अर्को चुनाव भएको थियो, ७ असोजमा अर्को चुनाव भएको थियो । असोजमा चुनाव भएकाहरुको अझै ५ वर्ष पुगेको छैन ।’ 

अध्यक्ष नेपालले असोजमा निर्वाचित जनप्रतिनिधिहरूलाई आफनो पूर्ण कार्यकाल सञ्चालन गर्न नदिएर संवैधानिक अधिकारको हनन भएको समेत टिप्पणी गरे ।

‘असोजमा चुनाव भएका मान्छेहरूको पाँच बर्ष समय पुगेको छैन, त्यसको जवाफ कसले दिने ? त्यसो हुनाले कानुनमा त्रुटि छ, संवैधानिक उनीहरूको अधिकारको हनन भएको छ’, उनले भने, ‘त्यसो हुनाले यो चुनावले असोज महिना पाँच वर्ष पुग्नेहरूको भावना विपरीत छ ।’

यद्यपि, ३० वैशाखमा निर्वाचन हुने वा नहुने भन्नेमा नेपालले आशंका 
व्यक्त गरे पनि चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 



‘भोलि जे होला, अहिले हामी तयारीमा जुटौं, अहिले हामी ३० वैशाखका चुनावको तयारीमा जुटौं’, नेपालको भनाइ छ । 

नेकपा एमालेवाट विभाजित भएपछि स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनमार्फत पहिलो पटक चुनावी मैदानमा उत्रिँदैछ ।  



  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १४:१६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया