आज १३ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या साढे ६ सय नजिक पुग्याे

गत २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १५५ जनाको कोरोना परीक्षण गर्दा पिसिआर बाट १२ तथा एन्टिजेन विधिबाट एकजनामा कोरोना पुष्टि भएको हो । 

योसँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ६३७ जना पुगेको छ । त्यस्तै, गत २४ घण्टामा ४४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.७ प्रतिशत रहेको छ । 

हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १६:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया