जसपाबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित यादव कांग्रेसमा प्रवेश

सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष सीताकुमारी यादव नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित उनले कही दिनअघि मात्रै पार्टी परित्याग गरेको घोषणा गरेकी थिइन् ।

आज उनीसहित जसपा र अन्य पार्टीका दर्जनौँ नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवले गाउँपालिका उपाध्यक्ष यादवसहितलाई फूल माला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेसले उनलाई उपाध्यक्षको टिकट दिने आश्वासन दिएर पार्टीमा ल्याएको बताइएको छ । 





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १७:२५:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया