सुदूरपश्चिममा गठबन्धनबाट बाहिरियो जसपा

केन्द्रमा सत्तारुढ गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने गठबन्धन तोड्ने निर्णय गरेको छ । प्रदेश सरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो । जसपाबाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ । 

शुक्रबार सुदूरपश्चिम सरकार पुनर्गठन हुँदा कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री थपिएका छन् । तर, जसपालाई सहभागी गराइएको छैन । ‘केन्द्रबाट पाँच दलीय गठबन्धन प्रदेश तथा स्थानीय स्तरमा पनि विस्तार गर्दै अगाडि बढ्ने निर्देशन दिएको थियो,’ जसपाका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले भने, ‘तर जसपालाई आउट गर्दै तीन दलअघि बढेपछि हामीले गठबन्धन तोड्ने निर्णय गरेका हौं ।’

उनले आगामी निर्वाचनमा सुदूरपश्चिममा गठबन्धन नहुने बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले कुनै जानकारी नै नदिई कांग्रेसलाई सरकारमा सहभागी गराउँदा जसपाले अपमान भएको महसुस गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १८:५३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया