सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तीनवटै तहको निर्वाचनमा पाँचदलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताएका छन् ।
संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढ्नुपर्ने कांग्रेस नेता सिंहको भनाइ छ ।
शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकताबद्ध हुनुपर्ने आवश्यकता पनि औंल्याए । निर्वाचनमा जाँदा कम्युनिस्टहरुले मौका पाउँदाखेरि त्यसलाई सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने नेता सिंहको बताए ।
कांग्रेस नेता सिंहले ओली नेतृत्वको सरकारले संविधानमाथि नै प्रहार गर्न थालेपछि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि आफूहरुले अग्रसर गराएको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।