गेटाफेविरुद्ध रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगा फुटबलमा गएराति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकाल्दा एट्लेटिको मड्रिड पराजित भएको छ । रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नबेउमा गेटाफेलाई २–० अन्तरले पराजित गरेको हो ।

रियलको जितमा क्यासमिरो र लुकास भास्क्वेजले गोल गरे । ​३८औं मिनेटमा  क्यासमिरोको गोलबाट रियलले अग्रता बनायो । ६८औं मिनेटमा लुकास भास्क्वेजले गोल गर्दै सहज जित दिलाए ।

जितसँगै रियलको ३१ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको सेभियाको ६० तथा दुई खेल कम खेलेको बार्सिलोनाको ५७ अंक छ । पराजित गेटाफे ३२ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

अर्को खेलमा  एट्लेटिको मलोर्कासँग १–० अन्तरले स्तब्ध भयो । ६८ औं मिनेटमा भेडाड मुरिकीले पेनाल्टीमार्फत गरे गरेका थिए  । बाकी समय एट्लेटिको खेलमा फर्कने प्रयास गरेपनि सफल भएन ।

जितसँगै मलोर्का ३१ खेलबाट २९ अंक जोडेर रेलिगेसन जोनभन्दा एक स्थान माथि १७औं स्थानमा छ । एट्लेटिको ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा रहेको छ । सेभियाको ६० अंक छ ।






  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार ७:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया