फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज उज्वेकिस्तानिवरुद्ध खेल्दैछ । नेपाल–उज्वेकिस्तानबीचको खेल कीर्गिस्तानको बिश्केकमा बिहान पौने ११ बजे सुरु हुनेछ ।
नेपाल बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानविरुद्ध जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगिताअघि नेपालले स्थानीय क्लबसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
समूह बी मा नेपाल सहित उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।