पाकिस्तानमा इमरान खानको सरकार ढल्यो

पाकिस्तानका प्रधानमन्त्री इमरान खान सत्ताबाट बाहिरिएका छन् । संसद्‌मा विश्वासको मत प्राप्त गर्न सफल नभएपछि उनी सत्ताबाट बाहिरिएका हुन् । 

सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूले ल्याइएको अविश्वासको प्रस्तावमाथि शनिबार मध्यरातपछि मतदान गरिएको थियो । खानले आफूले विपक्षीहरूको सरकारलाई मान्यता नदिने बताउँदै प्रमाण नदेखाई आफूलाई पदबाट हटाउन अमेरिकाको नेतृत्वमा षड्यन्त्र भएको दाबी गरेका छन् ।

पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्नेछ । नयाँ प्रधानमन्त्रीले अर्को चुनावको मिति अर्थात् सन् २०२३ को अक्टोबरसम्म सत्ता सम्हाल्नेछन् ।

सत्तारुढ दलका सदस्य वा सभामुख नरहेको अवस्थामा राष्ट्रिय सभाको बैठक सञ्चालन गर्ने जिम्मा पाएका आयाज सादिकले आइतबार ११ बजेभित्र उम्मेदवारी दर्ता गरिनुपर्ने बताएका छन् ।

खान अविश्वासको प्रस्तावबाट सत्ताबाट हटाइएका पहिलो पाकिस्तानी प्रधानमन्त्री हुन् । बिहीबार सर्वोच्च अदालतले ६९ वर्षका खानले अविश्वासको प्रस्तावलाई अवरुद्ध तुल्याउँदै असंवैधानिक ढङ्गले संसद् विघटन गरेको ठहर गरेको थियो । –बीबीसी 





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार ९:३३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया