लोसपाको निर्देशन : २९ चैतसम्म मेयर/अध्यक्षसहित सबै उम्मेदवार सिफारिस गर्नू

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

लोसपा अध्यक्ष महन्थ ठाकुरको निर्देशनअनुसार २८ गतेसम्म महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर तथा अध्यक्ष सिफारिस गर्न समयसिमा दिएको हो ।

‘२४–२५ गते बसेको जिल्ला कमिटीका बैठकले देशैभरबाट उम्मेदवार सिफारिसका लागि कमिटी गठन गरेका छन् । कमिटीले २९ गतेभित्र सबै तहका उम्मेदवार सिफारिस गरिसक्ने छन्,’ केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झाले भने ।

उनले अगाडि थपे,  ‘२९ गतेभित्र सबै स्थानका उम्मेदवार सिफारिस भइसक्ने अपेक्षा गरिएको छ ।’ झाका अनुसार केन्द्रीय कार्यालयको निर्देशनअनुसार जिल्ला, पालिकाका कार्यकारिणी समितिहरूले गृहकार्य गरिरहेका छन ।   





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १०:२०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया