आजको विदेशी मुद्राको विनिमयदर यस्ताे

नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ १४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७४ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा छ । 

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १५७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ५१ पैसा मात्र र बिक्रीदर १३० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७८ पैसा छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ २० पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६७ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली ९ रुपैयाँ  ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ चार पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



साउदी अरबियन रियाल  एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७० पैसा छ भने बिक्रीदर २८ रुपैयाँ ८४  पैसा रहेको छ । यसैगरी, भने कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा कायम भएको छ ।



  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १०:४२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया